Section 37
पूँजी घटाउन आदेश दिन सक्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले देहायको अवस्थामा बीमकको चुक्ता पूँजी घटाउन आदेश दिन सक्नेछ:- (क) साविकमा गर्दै आएको बीमाको प्रकार (पोर्टफोलियो) मध्ये कुनै प्रकारको: बीमाको इजाजत खारेज भएमा,

(ख) दफा १०१ बमोजिम बीमक समस्याग्रस्त परेको देखिएमा ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३६ को उपदफा (१) बमोजिम कायम भएको न्यूनतम चुक्ता पूँजीभन्दा कम हुने गरी बीमकको चुक्ता पूँजी घटाइने छैन।